Posts

Showing posts from June, 2022

रबि लामिछाने ले खोले ''राष्ट्रिय स्वतन्त्र पार्टी '' 🔔

Image
 "रवि लामिछानेको पार्टी घोषणा कार्यक्रमको विवरण:  पार्टी नाम: राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह: घण्टी 🔔 पार्टीका ७ विशेषता • प्रारम्भिक निर्वाचन • बहुसंख्यक युवा • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्री • राइट टु रिकल एन्ड राइट टु रिजेक्ट • डिजिटल डेमोक्रेसी • परिवारवाद निषेध  • भ्रातृ संगठन र कार्यकर्तारह बधाई छ्❣️😍🙏

2079 को काठमाडौ महानगरपालिका को निति तथा कार्यक्रम

Image
 “काठमाडौँ महानगरपालिका नीति तथा कार्यक्रम” for 2079:  • सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ । • सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार कार्यक्रम संचालन गरिनेछ | यस अन्तर्गत शौचालय निर्माण र स्तरोन्नति, निशुल्क सेनेटरी प्याडको सुबिधा, पिउने पानीको प्रबन्ध र विद्यार्थीका लागि लकरको व्यवस्था गरिनेछ | • वडास्तरीय सामुदायिक सिकाई केन्द्र (Community Learning Center) मार्फत अनौपचारिक शिक्षा  र सिप बिकास प्रबर्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिइनेछ | • महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइनेछ | बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ | • महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा नि:शुल्क बेडको प्रबन्ध मिलाइनेछ, एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाइनेछ | • एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ति, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल (Digital

चर्चित संचारकर्मी: रवि लामिछानेले पनि राजनीतिमा लाग्ने घोषणा गरेका छन्।

Image
 युवाहरूमा राजनीति क्रेजः रवि लामिछानेले पनि राजनीतिमा लाग्ने घोषणा गरेका छन्।   "अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु। म रहरले संचारकर्मी भएको हुँ, तर परिस्थितिले मलाई राजनीतिकर्मी बनायो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। बाँकी असार ७ गते, १ बजे राष्ट्रिय सभागृहमा भेटौं।"    काठमाडौँ — टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै बिदाइ गरेका छन् । उनले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ । यद्यपि उनले कहाँबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट पारेका छैनन् । उनी निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने तयारी गरेका छन् ।

गायिका इन्दिरा जोशी ले गरिन बिहे।।

Image
 

काठमाडौ: नवनिर्बाचित मेयर बालेन्द्र शाह(बालेन) र उप-मेयर सुनिता डँगोल ले सिसडोल पुगेर Chemical हालेर एक हप्तामा फोहोर दुर्गन्ध हटाइन्छ।भनेका छन।

Image
काठमाडौ: नवनिर्बाचित मेयर बालेन्द्र शाह(बालेन) र उप-मेयर सुनिता डँगोलले सिसडोल पुगेर Chemical हालेर एक हप्तामा फोहोर  दुर्गन्ध हटाइन्छ भनेका छन। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् । स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए ।