चर्चित संचारकर्मी: रवि लामिछानेले पनि राजनीतिमा लाग्ने घोषणा गरेका छन्।

 युवाहरूमा राजनीति क्रेजः रवि लामिछानेले पनि राजनीतिमा लाग्ने घोषणा गरेका छन्। 

 "अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु। म रहरले संचारकर्मी भएको हुँ, तर परिस्थितिले मलाई राजनीतिकर्मी बनायो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। बाँकी असार ७ गते, १ बजे राष्ट्रिय सभागृहमा भेटौं।"   काठमाडौँ — टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका छन् ।


उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै बिदाइ गरेका छन् ।

उनले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ । यद्यपि उनले कहाँबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट पारेका छैनन् । उनी निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने तयारी गरेका छन् ।

Comments

Popular posts from this blog

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि