कर्णाली प्रदेश जुम्लाको कनकासुन्दरी-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै बिजय भएको छ।

 कर्णाली प्रदेश को जुम्ला — कन कासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार श्री धनबहादुर कामीको प्यानल नौ विजयी भएको छ । कनका सुन्दरी गाउँपालिका वड न.८    दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।



सङ्घीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व बिना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरूले दलको टिकट लिएनन् । धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् ।

उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तान बहादुर शाही ले २२० मत ल्याएर पराजित भए । वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जितेका हुन् । महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।

दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भइन् । कन कासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् ।




एक जना महिला सदस्य मात्र काङ्ग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कन कासुन्दरीले जनाएको छ । अहिले दलित बस्तीमा खुसीयाली र्‍याली निस्किएको छ ।

उनीहरूले निर्वाचन अधिकृतको कार्यालयदेखि वडा नम्बर ८ सम्म बाजागाजा र नारा जुलुस सहित विजय र्‍याली निकालेका छन् ।                                    •Independent candidate from Dalit community has won in Kankasundari-8 of Jumla, Karnali.

                             Jumla Nepal : Independent candidate from Dalit community Dhan Bahadur Kami's panel has won in Kan Kasundari village municipality-8. The Dalit community united and fielded Dhan Bahadur as an independent candidate. He had fielded three independent candidates and one ward chairman.

Saying that dalits could not be liberated after the advent of federalism, they did not take the party ticket saying that there could be no prosperity in the ward without dalit leadership. Dhan Bahadur won the ward chairmanship by getting 288 votes.

His opponent, Congress captain Bahadur Shahi, lost by 220 votes. Among the ward members, Gol Damai and Karna Jeet Sarki have won. In the women's category, Congress' Ramudevi Kafle won.

Independent candidate Chanakhi Kulal emerged victorious in the Dalit women's category. In Kasundari 8, four independent candidates including the ward chairman have won.

According to Kan Kasundari, the office of the Returning Officer, only one woman member has won from the Nepali Congress. Happiness rally has started in Dalit slums now.

They have rallied from the office of the Returning Officer to Ward No. 8 with rallies and slogans.🙏🙋‍♂️





Comments

Popular posts from this blog

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि