चितवन — भरतपुर महानगरपालिकाको मेयरमा पुन: नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् ।

चितवनको— भरतपुर महानगरपालिकाको मेयरमा पुन: नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् । उनले आफ्नो पर्तिद्द्न्दी नेपाका एमाले का उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल पुन: भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन् । भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा निर्वाचन परिणाम भने अझै सार्वजनिक गरेको छैन ।


प्राप्त विवरणअनुसार दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए ।

•उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन् । हिमलालाई एमालेको समर्थन थियो । मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय २८ मत


आएको छ ।

Comments

Popular posts from this blog

सावधान !!Nairobi Fly(Acid Fly हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि