संघीय चुनाव को लागि इन्जिनियर सागर ढकाल प्रधानमन्त्री शेर ब.डेउवा को गृह जिल्ला लागेका क्छ।
 **चुनावको तयारिको लागि नाइट  बसमा डडेलधुरा तिर लागियो ** म जहा जान्छु, चाहे त्यो नेपाल होस् या सुडान या किर्गिस्तान,  ४-६ महिनामा सफल काम गर्ने मोडेल बनाएर छोडेको छु। यो पनि त्यहि प्रयासको एक अंश हो।  हामीले सकेको कम भन्दा कम खर्च गर्ने प्रयास गर्ने छौ। हेलिकप्टर र गाडिका ताति छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौ। ठुला-ठुला सभा हलका भाषण सुन्ने कार्यक्रम पुर्ण रुपमा छोडेर चौपारि वा सडकमा, पानिसंगै रुझेर ,  बसेर आमाबुवा, छोराछोरी र साथिहरू संग भालाकुसारि गर्नेछौ। घोषणापत्र होइन कार्यान्वयन पत्र  छिट्टै सार्वजनिक गर्नेछौ। सिंगापुर र चिन जस्तो एक पुस्तामै आमुल कायापलट हुने गरि विकास गर्न सक्छौ कि सक्दैनौ अहिले भन्न सकिन्न र  थाहा छैन तर अबको २-३ महिनामा संभावित प्रधानमन्त्री सहित चिन र सिंगापुरका जस्ता नेता १६५ क्षेत्रमा पठाउने छौ।  हामी असामान्य हुनेछैनौ , सामान्य भन्दा सामान्य हुने प्रयास गर्नेछौ। हामी यति सम्म सामान्य हुनेछौ कि गाउको जोसुकै व्यक्ति डेलिभरि गर्न सक्छ भने उ राजनितिमा आउने आंट गरोस्। सहर र गाउमा आँखाभरि सपना,  चिक्ष्ण ड...